हाम्रो बारे
बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात् राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्त प्रति प्रतिबद्ध रहँदै २०४७ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएको हो । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा ३१ वर्ष अगाडि स्थापना भएको राप्रपा अनेकन आरोह अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको हो । जतिबेला राप्रपाको स्थापना भयो त्यतिबेला ०४६ को राजनीतिक परिवर्तन र आन्दोलनले स्थापित गरेको नेपाली कांग्रेस र एमालेको वर्चस्व स्थापना हुँदै गरेको थियो । मुलतः हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, उदार अर्थ व्यवस्था र परम्परागत मान्यतालाई कमजोर र धराशयी बनाउने गरि गतिविधिहरु देखिन थालेपछि राष्ट्रिय राजनीतिमा अलग पहिचान सहितको शक्तिको आवश्यकता महशुस गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको हो । २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाललाई अस्थिर तुल्याइ आफ्नो अभिष्ट पुरा गर्न चाहने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल, गठबन्धन र नियोजित षड्यन्त्रहरु सतहमा देखिन थाले । नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो, संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपाली राष्ट्रियताको प्रतिकको रुपमा रहेको राजसंस्थालाई पाखा लगाइयो । हिन्दुराष्ट्र र राजसंस्थालाई नियोजित र योजनाबद्ध ढंगबाट पाखा लगाएपछि नेपालको धार्मिक, सांस्कृतिक पहिचानलाई कमजोर बनाइ आफ्नो सांस्कृतिक प्रभाव विस्तार गर्न चाहने पश्चिमा मुलुकका अन्तरनिहित उद्देश्य संविधानसभाबाट संविधान निर्माणका बखत टड्कारो रुपमा प्रष्फुटित बन्न पुग्यो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धुलिखेलको स्थापना २०४७ सालमा संस्थापक अध्यक्ष श्री माणिक लाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


राष्ट्रिय प्रजातन्त्र पार्टी धुलिखेल
तपाई हामीसंग जुडिनुहोला
सम्पर्क
rppdhulikhel@gmail.com
011-490862
© 2025. All rights reserved.